Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नाकाबन्दी नखोलेसम्म आफू भारत भ्रमणमा नजाने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले नाकाबन्दी छिट्टै खुल्ने विश्वास पनि प्रकट गर्नुभयो । भारतले अघोषित नाकाबन्दी गरेका र यो अघोषित रुपमै अन्त्य हुने प्रधानमन्त्रीको भनाइ छ । उहाँले मंगलबार बालुवाटारमा पत्रकारहरुसँग नाकाको अवस्था सामान्य नभई आफू भारत नजाने दोहोर्‍याउँनुभयो ।

सहमतिको नाममा संविधान जारी गर्न एक साता पछि सारेको भए संविधान यो बेलासम्म पनि जारी नहुने प्रधानमन्त्रीले ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘बिना सहमति रातारात संविधान जारी गरेको भनेर हल्ला फैल्याइएको छ ।’

तपाईको प्रतिक्रिया