Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ–संविधानसभाबाट नयाँ संविधान जारी भई मुलुकले नयाँ दिशा लिएपछि तराई मधेसका सशस्त्र भूमिगत समूहसँग छिट्टै वार्ता गर्न सरकारले तयारी गरेको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको अग्रसरतामा सरकारले वार्ता अगाडि बढाउन लागेको हो ।
शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले सो कुराको पुष्टि गर्दै मन्त्रिपरिषद्को आगामी बैठकबाट त्यस्ता समूहसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन हुने जानकारी दिनुभयो । मुलुकमा पूर्ण रुपमा शान्ति र सुव्यवस्था कायम गरी विकासको गतिलाई तीव्र तुल्याउँदै समृद्धितर्फ अघि बढ्नुपर्ने भएकाले भूमिगत समूहका जायज मागलाई पूरा गर्ने तथा सम्बोधन गर्न नसकिने माग कारणसहित पूरा गर्न सकिँदैन भनेर वार्ताको क्रममा स्पष्ट जवाफ दिनेसमेत उहाँले बताउनुभयो ।
वार्ता गर्न आवश्यक गृहकार्य, बजेट, विधि र प्रक्रियाबारेमा छलफल भइरहेको छ । वार्ता गर्न समन्वय गर्ने समन्वयकर्ता (विज्ञ)को समेत व्यवस्था मिलाउन मन्त्रालय लागिपरेको मन्त्री ढकालले बताउनुभयो ।
मन्त्रालय सम्हालेको एक महिनाको अवधिमा आफूले मुलुकमा शान्ति कायम राख्न विभिन्न धर्मगुरु, विज्ञ, प्राध्यापक, कलाकारसँग छलफल गर्नुका साथै माओवादी लडाकुको बर्हिगमनमा परेका चार हजार आठ जनाले उठाएका मागलाई के कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषय छलफलमा रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया