Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

लुम्बिनी – लुम्बिनीस्थित मायादेवी मन्दिरमा रहेका दानपत्रहरुमा चढाइएका विदेशी मुद्रा सटही हुन नसक्दा बर्षौ देखि बोरामा पोको पाररे राखिएको छ। नेपाल राष्ट्र बैकको असहयोगका कारण सटही नहुँदा यी मुद्रा त्यत्तिकै कुहिने अबस्थामा पुगेको बताइएको छ ।
सटही गर्ने व्यवस्था नभएपनि हरेक पटक दानपेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ। यीमध्ये तत्काल सटही हुने र नहुनेलाई छुट्याउने गरिएको छ। सटही हुने रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने एनसीसी बैँकमा पठाइन्छ।
सटही नहुने रकमको विवरण र अभिलेख बनाई राख्ने गरिएको कोषका कोषाध्यक्ष ओमप्रसाद अर्यालले बताउनुभयो । राष्ट्र बैँकले खरिद बिक्री गर्ने मुलुकबाहेकका मुद्रा पनि दानपेटिकामा चढाइन्छ। यी मुद्रा सहटी गर्न राष्ट्र बैँकले मात्रै सक्छ।

तपाईको प्रतिक्रिया