Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

तीन बर्षे कार्ययोजना सार्वजनिक

काठमाडौँ – नेपाल वायुसेवा निगमले दुई वाइडबडी विमान खरिद गर्नेसहित आफ्ना सेवा सुधारका तीनवर्षे कार्ययोजना ल्याएको छ । आगामी २०७३ साल मङ्सिरमा पहिलो वाइडबडी र माघमा दोस्रो वाइडबडी विमान खरिद गर्ने लक्ष्यसहित तीनवर्षे सुधार कार्ययोजना आज सार्वजनिक गरिएको हो ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी वर्ष वाइडबडीका दुई विमान, २०७४ साल वैशाखमा एक न्यारोबडी विमान र असारमा अर्को गरी दुई न्यारोबडी विमान खरिद गर्ने योजना सार्वजनिक गर्नुभयो । कार्ययोजनाअनुसार २०७४ साल असारसम्म अन्तर्राष्ट्रिय उडानतर्फ निगममा दुईवटा वाइडबडी र पुरानो दुई वटा बोइङसमेत गरी छवटा जेटबडी विमानले सेवा दिने र हवाई नीतिअनुसार सुरक्षित र भरपर्दो हेलिकप्टर सेवा दिइनेछ । निगमले थप नयाँ गन्तव्यमा उडान सञ्चालन गर्न २०७३ साल असारसम्म चीनको ग्वाङ्गजाओ र कुनमिङ्ग तथा भातको कलकत्तालगायत स्थानमा सेवा सञ्चालन गर्ने र दिल्लीमा थप उडान राख्ने लक्ष्य लिएको छ ।
निगमले पहिलो वाइडबडी २०७३ साल मङ्सिरमा उपलब्ध भएसँगै अस्ट्रेलिया, जापान र कोरियामा दोस्रो वाइडबडी ल्याएपछि साउदी अरेयिबा तथा दमाममा सेवा सुरु गर्नेछ । साथै थप दुई न्यारोबडी आइसकेपछि कोलम्बो, याङ्गुनगायत स्थानमा सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
त्यसैगरी, आन्तरिक उडानतर्फ अहिले भएको तीन ट्वीन–अट्टर, एकवटा एम ए ६० र एक वाई १२ ई को अलावा अन्य विमान थपेर यसका अतिरिक्त हेलिकप्टर सेवासमेत सञ्चालनमा ल्याउने योजना छ ।
निगमको तीनवर्षे सुधार कार्ययोजनामा आगामी छ महिनाभित्र विश्वभरिका २०० राष्ट्रमा इ–टिकेट लागू गर्ने योजना छ । निगमको हाल अन्तर्राष्ट्रिय उडानतर्फ चार, आन्तरिक उडानतर्फ पाँच वटा विमान सञ्चालन गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल– चीन सरकारबीच विमान ल्याउने सम्झौताअनुसार चीनमा भएको दुई विमान ल्याउनुको विकल्प नभएकाले त्यसलाई जतिसक्दो छिटो ल्याउने बताउनुभयो ।
“निगमका सञ्चालनको ५७ वर्षको इतिहासबाट अहिलेसम्म आइपुग्दा अन्तर्राष्ट्रिय र आन्तारिक गरी नौवटा विमानमात्र सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया