Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय आयोग गठन गरी नयाँ शिक्षा नीति निर्माण गर्ने बताउनुभएको छ ।

मन्त्रीका रुपमा जिम्मेवारी लिएको १०० दिन पुगेको अवसरमा सोमबार शिक्षा पत्रकार सञ्जालले आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले नयाँ नेपाल अनुकूल शिक्षा नीतिका लागि सो आयोगले काम गर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले भूकम्पको प्रभाव र तराई आन्दोलनका कारण प्रभावित भएको पढाइको दिन पूरा गराउन विशेष कार्ययोजना समेत स्वीकृत भइसकेको बताउनुभयो ।
आन्दोलनका कारण तराई मधेस क्षेत्रमा एसएलसी परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि टेलिभिजन तथा रेडियो नेपालबाट तयारी कक्षासमेत सञ्चालन थालिएको छ ।

मन्त्री पोखरेलले गत मङ्सिर ४ गते आफ्नो १८ बुँदे मार्गचित्र सार्वजनिक गर्नुभएको थियो ।

यसैगरी यसै वर्षदेखि एसएलसी परीक्षामा ‘लेटर ग्रडिङ’ (अक्षराङ्कन प्रणाली) लागू गर्ने निर्णय भएको र थप ३० जिल्लालाई साक्षर घोषणको तयारी भएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया