Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – तराईमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनले आफूहरुको माग पूरा नभएको भन्दै थप आन्दोलनको खाका सार्वजनिक गरेको छ।
तराई मधेसी लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित कार्यालयमा बसेको मधेसी मोर्चाको बैठकले संविधान संशोधनले आफ्ना माग पूरा नभएको उल्लेख गर्न नयाँ कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चाले माघ १८ गतेसम्मका लागि आन्दोलन घोषणा गरेको छ । संविधान संशोधनमा प्रयोग भएको भाषामा मधेसी मोर्चाले असन्तुष्टि जनाएको छ ।
साथै जारी मधेस आन्दोलनमा सहभागी हुन तराईका अन्य राजनीति पार्टी र संगठनहरुलाई अपिल गर्ने पनि निर्णय बैठकले गरेको सद्भावना महासचिव मनिषकुमार सुमनले बताउनुभयो ।

मोर्चाले आफ्ना सबै मुद्दाहरुको एमुष्ट सम्बोधन नहुन्जेल आन्दोलन यथावत जारी रहने जनाएको छ । नयाँ कार्यक्रममा माघ १३ गते शहीदको सम्मानमा जिल्ला सदरमुकामहरुमा सार्वजनिक स्थलमा मोमवत्ती प्रज्ज्वलन, १६ गते क्षेत्रीय स्तरमा सभा र १८ गते सदरमुकाममा अन्तक्रिर्याको कार्यक्रम तोकेको छ ।

तपाईको प्रतिक्रिया