Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौ – गैह्रआबासीय नेपाली संघ पोर्चुगलले बिद्युतिय मिडिया र सामाजिक सञ्जालहरुमा संघका बारेमा आएको सामाचारप्रति आपत्ति जनाएको छ ।

गैह्रआबासीय नेपाली संघ पोर्चुगलले पोर्चुगलवासी नेपालीलाई एमआरपी (मेसिन रिडेबल) पासपोर्टबारे सहजीकरण मात्र गरेको तर त्यही विषयलाई लिएर मनगढन्ते रुपमा तथ्यहीन समाचार आएको भन्दै आपत्ति जनाएको हो ।
संघले एक प्रेस विज्ञप्ति जारी गरी ब्यक्तिलाई हामीकहाँ एमआरपी बनाउनका लागि आउनुस भनि आव्हान गर्ने नगरेको तर जानकारी भने गराएको उल्लेख गरेको छ ।

संघका प्रवक्ता हेमराज सुवेदीले जारी गरेको विज्ञप्तिामा एमआरपीको सहजीकरण सेवाको निम्ति मन्जुरीनामा सहित सहयोग माग्न आउने ब्यक्तिहरुबाट नेपाली राजदूताबास पेरिस पठाउने १३० यूरो बाहेक, सेवा शुल्कका रुपमा १६ युरो लिने गरेको उल्लेख गरेको छ ।

युरोपका विभिन्न स्थान तथा नेपालबाट समेत रेसिडेन्स परमिट बनाउनकै निम्ति भिषा अबधी सकिए पश्चात धेरै नेपालीहरु पोर्चुगल आउने गरेको भन्दै प्रक्रियागत रुपमा संघले सहयोग गरिरहेको समेत विज्ञप्तिमा उल्लेख छ । ***

तपाईको प्रतिक्रिया