Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

माघ – राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनले देवघाट स्थित रोटरी करुणालयका बृद्ध बृद्धाहरुलाई खाना खुवाएको छ । बैकंको ५१ औ बार्षिकउत्सवको अवसर पारेर आईतवार बैंक प्रवन्धक सहित पुगेको कर्मचारी टोलीले देवघाट करुणालयमा आश्रीत १०० बढि बृद्ध, बृद्धालाई खाना खुवाएको हो । परिवारबाट टाढा रहेका बृद्ध आमा बुबाहरुलाई एक दिनभएपनि परिवारको तिर्सना मेटाउन संगैै बसेर खाना खाने कार्यक्रम गरेको बैंकका प्रवन्धक हेमराज मरहठ्ठाले बताउनुभयो ।
हिन्दु संस्कारमा बृद्ध बृद्धाको कल्याण र सम्माननै उच्चतम कार्य हुने भनिएकाले यस्ता कार्यले आत्म सन्तुष्टि मिल्ने र आँटेको पुग्ने उनि बताउछन् । बैकले बृद्धा बृद्धहरुसंग सामिप्यता कार्यक्रम अन्त्रगत आगामी दिन पनि यस्ता कार्यक्रमहरु गर्ने बैकका आई टि ईन्जिनिर्यस प्रशान्त गौडेलले बताउनुभयो । करुणालयमा करिव ३६ जना बृद्ध बृद्धाहरु रहेका छन् भने हरेक दिन सो क्षेत्र आसपासमा रहेका बृद्ध बृद्धाहरु खाना खानको लागि करुणालयमा जाने गरेका छन् । करुणालय बिभिन्न सामाजिक संघ सस्था तथा व्यक्तिको सहयोगमा सञ्चालन हुदै आएको छ ।

तपाईको प्रतिक्रिया