Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

विराटनगर –  मोरङको रङ्गेली र डाइनियामा गत बिहीबार प्रहरीको गोलीबाट मृत्यु भएका तीनजनाको शव सम्बन्धित पक्षले आज बुझ्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आइतबार संयुक्त मधेसी मोर्चाका कार्यकर्ताका साथ सहमति भएपछि शव बुझ्ने प्रक्रिया सुरु भए पनि सोमबार तीनैजनाको शव बुझ्ने सो मोर्चासँग आबद्ध सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराउनुभयो ।
उहाँले भोलि शव बुझेपछि विराटनगर बजारको परिक्रमा गरी मृतकका पैतृक गाउँमा पुगेर धार्मिक विधिपूर्वक दाहसंस्कार गरिने बताउनुभयो । यसैबीच, कोसी अञ्चल अस्पतालको शवगृहमा राखिएका ती शवको आइतबार अपराह्न परीक्षणलगायत सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आज दुबै पक्षबीच मृतकको परिवारलाई किरिया खर्चबापत प्रत्येक परिवारलाई रु २५ हजार उपलब्ध गराइने र मोर्चाका अन्य मागमा मृतकलाई सहिद घोषणालगायतका विषयमा गृह मन्त्रालयमा जानकारी गराउने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया