Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

अलेक्जेन्ड्रोपोली (ग्रीस)- टर्कीको बाटो ग्रीसका विभिन्न टापुहरुमा प्रवेश गर्नमा कडाइ नगर्दा अप्रिय दुर्घटना भई यस वर्षको (सन् २०१६) सुरुदेखि अहिलेसम्म ६० जनाको सामुद्रिक इलाकामा मृत्यु भइसकेको भन्दै ग्रीसका केही बामपन्थी दलहरुले दुईदिने आन्दोलनको घोषणा गरेका छन् ।

ग्रीसमा सिरियालगायत अन्य मध्यपूर्वी देशबाट टर्कीको बाटो हुँदै यहाँ आउने क्रममा सामुद्रिक इलाकामा भएका पछिल्लो दुई घटनापछि धेरै यात्रुको मृत्यु भएको र यी घटनामा सरकारको सीमा प्रवेश सुरक्षामा भएको फितलोपन जिम्मेवार भएको भन्दै दुई दिनको आनदोलनको घोषणा गरेका छन् । टर्कीको सिमाना क्षेत्र नजिकै ग्रीसको भूभागमा गरिने प्रदर्शनका लागि बामपन्थी दल समर्थक केही समूहका समर्थकहरु शनिबार अबेरसम्म सीमा क्षेत्रमा भेला हुने प्रदर्शनको आयोजक दलहरुको समूहले बताएको छ ।

आन्दोलनको घोषणा गरेका समूहले चार वर्ष पहिले निर्माण गरिएको ग्रीस टर्कीबीचको १०.५ किलोमिटर सीमा पर्खाल क्षेत्रमा आइतबार बिहानैदेखि प्रदर्शन गर्ने जनाइएको छ । आप्रवासी शरणार्थीहरुले गाडीका ट्युब तथा काठबाट निर्मित पूराना डुङ्गाको प्रयोग गरी असुरक्षित सामुद्रिक यात्रा गर्ने गरेका छन् । यी यात्राका क्रममा हालैका बर्षमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । शुक्रबार भएको डुङ्गा दुर्घटनामा समुन्द्रमा हराइरहेका मानिसको खोजी गर्न ढिलाइ हुँदा ग्रीसको कालिम्नोस क्षेत्रमा ४६ शरणार्थीले ज्यान गुमाएको प्राप्त समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया