Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

माघ मसान्तभित्र सबै शाखाको साधारणसभा हुने
भरतपुर – नेपाल पत्रकार महासंघ चितवनको साधारण सभा आगामी माघ २७ गते बुधबार भरतपुरमा हुने भएको छ । शाखाको शनिबार बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो ।
आगामी माघ २४ गतेभित्रमा शाखाका सबै सदस्यहरुलाई नवीकरण गरिसक्न र विधानबमोजिम योग्यता पुगेका पत्रकारहरुलाई नयाँ सदस्यताका लागि आवेदन दिन पनि बैठकले आव्हान गरेको छ । साधारण सभाको महासंघका केन्द्रीय अध्यक्ष डा। महेन्द्र विष्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महासंघको देशैभरका शाखाहरुको साधारण सभा माघ मसान्तभित्र हुँदैछ ।
साधारण सभामा पेश हुने प्रगति प्रतिवेदन तयार पार्न सचिव कृष्णचन्द्र भट्टराई र आर्थिक प्रतिवेदन तयार पार्न कोषाध्यक्ष होमनाथ सापकोटालाई जिम्मेवारी दिइएको छ । महासंघको चितवन शाखामा ३९ महिलासहित १९४ जना सदस्य छन् । शाखाको २०७० फागुन २१ गते दशौँ अधिवेशन सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया