Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

ताप्लेजुङ – मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा लिम्बूवान संयुक्त सङ्घर्ष समितिले अरुणपूर्व चक्काजाम आह्वान गरेका कारण आज बिहानैदेखि ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ ।

यातायात बन्दका कारण बिहानैदेखि ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापालगायत जिल्ला प्रभावित बनेका छन् । यी जिल्लामा चल्ने छोटो तथा लामो दूरीका सवारी साधन बिहानैदेखि ठप्प छन् । मधेस आन्दोलन, भारतीय नाकाबन्दीलगायत कारण मारमा पर्दै आएका सर्वसाधारण बन्दका कारण थप मारमा परेका छन् । घटनाको विरोधमा आज एक दिन यातायात मात्रै बन्द गरिएको समितिले जनाएको छ । अन्य बजार पसल, शैक्षिक संस्था भने खुला रहने जनाइएको छ ।

सङ्घीय लिम्बूवान पार्टी नेपाल सहित चार दल सम्मिलित समितिले निर्दोष जनतालाई गोली हानी हत्या गर्नु राज्य आतङ्कको चरम रुप भएको आरोप लगाएको छ । गत बिहीबार मोरङको रङ्गेलीमा प्रहरीले चलाएको गोली लागेर रङ्गेली–४ चोपडा टोलकी द्रौपदीदेवी चौधरी तथा बरडङ्गा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया