Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपालको पर्यटन तथा व्यापार प्रवद्र्धनका लागि नेपाल र बङ्गलादेशबीचको व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिइएको छ ।

प्राकृतिक सौन्दर्यता, भू्–धरातलीयस्वरुप र हावापानीका कारण नेपाल दक्षिण एशियाकै पर्यटनको राजधानी बन्नसक्ने भन्दै सरोकारवाला वक्ताले त्यसको भरपुर उपयोग गर्न आवश्यक रणनीतिको खाँचोसमेत औँल्याए । नेपाल–बङ्गलादेशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपालस्थित बङ्गलादेशी राजदूतावास र एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सको संयुक्त आयोजनामा अन्नपूर्ण होटलमा चलिरहेको दुईदिने गोष्ठीमा बोल्ने वक्ताले सो धारणा राखेका हुन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल दक्षिण एसियाको पर्यटनको राजधानी बन्न सक्ने बताउनुभयो । अझै पनि धेरै पर्यटन गन्तव्यका ठाउँ भएको र उदार विदेशनीतिका कारण नेपाल उत्कृष्ट गन्तव्य हुनसक्ने उल्लेख गर्दै उहाँले प्राकृतिक सुन्दरता, हावापानी र नेपालीको आतिथ्यताका कारण पनि नेपाल विश्व पर्यटनको आकर्षण बनेको बताउनुभयो ।

कार्यक्रममा बङ्गलादेश पर्यटन सञ्चालन सङ्घका अध्यक्ष प्रोफेसर डा. अकबरुद्दिन अहमदले नेपालसँग धेरै अघिदेखि गहिरो सम्बन्ध रहेको बताउँदै सार्कको सदस्यका नाताले पनि सहकार्य गर्न चाहिरहेको बताउनुभयो । उहाँले बङ्गलादेशका सबै सहर हवाइमार्ग र रेलमार्गबाट जोडिएका र पर्यटन व्यवसायका लागि सुविधासम्पन्न होटल पर्याप्त रहेको बताउँदै त्यसबाट नेपालको पर्यटन बजारले केही हिस्सा लिनसके आर्थिक समृद्धि हासिल हुने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले अध्यक्षता गर्नु भएको सो सम्मेलन शनिवार साँझ सम्पन्न भएको थियो । ***

तपाईको प्रतिक्रिया