Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– काठमाडौँको जनवहालस्थित सेतो मच्छ्रिन्द्रनाथको मूर्तिलाई सुनको लेपनबाट शृृङ्गार गरिएको छ । प्रत्येक वर्ष पुस शुक्ल चतुर्थीमा मूर्तिलाई यस किसिमको शृृङ्गार गरिन्छ । एकसाता अघि अष्टमीका दिन सोही मूर्तिलाई महास्थान गराएपछि रङ्गरोगन तथा मर्मत गरिएको थियो ।

महास्नानपछिको करिब एकसाताको अवधिमा मूर्तिको ब्रतबन्ध, विवाहलगायत विभिन्न दशकर्मका विधि सम्पन्न गरिएको पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिनुभयो ।
भक्तजनले चढाएको सुनबाट मूर्तिमा लेप लगाउने भक्तजनलाई दर्शन गराउने परम्परा प्राचीनकालदेखि नै रहिआएको छ । सोही मन्दिरमा पूर्णिमाका दिन विधि विधानपूर्वक विशेष पूजा गरी मूर्तिलाई प्राणप्रतिष्ठा गराइ यथास्थानमा विराजमान गराइन्छ । महास्नानका लागि बाहिर निकालेपछि त्यहाँ एक सातादेखि कलशलाई प्रतिस्थापन गराइएको छ ।
सहकाल र वर्षाका देवता मानिने मच्छ्रिन्द्रनाथलाई शान्ति र करुणाका प्रेरकका रुपमा समेत पूजा गरिन्छ । मच्छ्रिन्द्रनाथलाई हिन्दू धर्माबलम्बीले हरिहरका रुपमा, बौद्ध धर्माबलम्बीले आर्यावलोकितेश्वरका रुपमा तथा वैष्णवले नारायणका रुपमा पूजा तथा आस्था प्रकट गर्ने गर्दछन् । रासस

तपाईको प्रतिक्रिया