Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बङ्गलादेशमा शुक्रबार सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जित हासिल गरेकामा बधाई दिनुभएको छ ।

उहाँले आज विज्ञप्ति जारी गरी बहराइनको यु–२३ टिमलाई ३–० को जित हासिल गरेर नेपाली टोलीले सफलता प्राप्त गरेकामा खुसी व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभएको हो । सभापति कोइरालाले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नाका साथै अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति आफू र आफ्नो पार्टीको तर्फबाट बधाई दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले आगामी दिनमा पनि फूटबलको प्रगति र प्रवद्र्धन हुने आशा व्यक्त गर्दै आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया