Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

इनरुवा- सदरमुकामसँग जोडिएको भोक्राहा र लौकही गाविसबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले ठूलो परिमाण्मा अवैध इन्धन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले जिल्लाको लौकही गाविस बसचौक र भोक्राहा गाविस–५ बाट करिब छ हजार ६०० लिटर अवैध इन्धन बरामद गरेको हो । शुक्रबार राति निरिक्षणका क्रममा ड्रममा राखेर बा८च ८१९६ र बा९च ९४६२ नम्बरको पिकप भ्यानबाट लगिरहेको अवस्थामा तीन हजार ९०० लिटर अवैध इन्धन बरामद गरिएको हो । त्यस्तै, आज बिहान मात्रै भोक्राहा–५ मा बा३ख ७०११ नम्बरको गाडीबाट दुई हजार ७०० लिटर अवैध इन्धन बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

बरामद इन्धन आवश्यक कानुनी काबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजलाई आजै बुझाउने सुनसरी प्रहरीले तयारी गरेको छ । बन्द हडतालको मौकामा इन्धनको कालोबजारी गर्ने गिरोह सुनसरीमा सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया