Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

लहान- सर्वसाधारणलाई जाडोबाट बचाउन नेपाल प्रहरीले सिरहाको विभिन्न चोक-चोकमा आज बिहानैदेखि आगो बालेका छन् ।

शीतलहर र अत्यधिक चिसोबाट स्थानीय जनतालाई त्राण दिन जिल्लाका प्रमुख सहर तथा चोक चोकमा प्रहरीले काठको मुढामा आगो बालेका हुन् । इलाका प्रहरी कार्यालय गोलबजारले बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहा गोलबजारको गोलपार्क, बस स्टेन्ड, पुरानो चाहर्वा र कशहा चोकलगायतका स्थानमा बिहान आगो बालेको छ ।

विगत केही दिनदेखिको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्दै गएकाले उनिहरुका लागि आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया