Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोलीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गबन्धु कप विजेता खेलाडी तथा प्रशिक्षकलाई जनही रु पाँच/पाँच लाख दिने घोषणा गरेको छ ।

एन्फाका प्रमखु कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सक गरी २६ जनालाई जनही रु पाँच/पाँच लाख दिने निर्णय भएको बताउनुभयो । शनिबार दिउँसो विमानस्थल उत्रिएलगत्तै एन्फाले टोलीलाई नगर परिक्रमा गराई दशरथ रङ्गशाला पुरयाएर स्वागत गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।

राखेपले जनही रु दुई लाख दिने 
राष्ट्रिय खेलकद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु कप विजेता खेलाडीलाई जनही रु दुई लाख पुरस्कार उपलब्ध गराउन सरकारलाई परिषद्का तर्फबाट सिफारिस गरिने बताउनुभएको छ । आइतबार खेलकुद मन्त्रालयलाई सो सिफारिस गरिने जानकारी दिँदै सचिव विष्टले भन्नुभयो,- ’प्रशिक्षक र खेलाडीले रु दुई लाख तथा सहायक प्रशिक्षकलाई रु एक लाख सिफारिस गर्छौँ ।’  उहाँले यस जितलाई ऐतिहासिक भन्दै टिमलाई बधाई तथा शुभकामनासमेत दिनुभयो । नेपाली टोली शनिबार अपरान्ह १ः५० मा काठमाडौँ आइपुग्नेछ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जीत हासिल गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिनुभएको छ ।
बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टोलीले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बधाइ ज्ञापन गर्नुभएको छ । उहाँले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ । २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र उहाँको व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ । ***

तपाईको प्रतिक्रिया