Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ—व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा विभिन्न दलका सांसदले नाकाबन्दी खोल्न, भूकम्पपीडितलाई तत्काल राहत वितरण गर्न र मधेसी मोर्चासँग अविछिन्न वार्तामा बसी समस्याको चाँडो समाधान निकाल्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सभामुख ओन्सरी घर्तीले व्यवस्थापिका–संसद्का विशेष समयमा बोल्ने सांसदलाइ दलीय आधारमा तीन मिनेटको समय निर्धारण गरिदिनुभएको थियो ।

दलीय आधारमा प्रदान गरिएको समयको सदुपयोग गर्दै नेकपा (एमाले)का यज्ञबहादुर सुनुवारले मोरङको रङ्गेलीमा युवा सङ्घ नेपालले आयोजना गरेको शान्तिपूर्ण सभामा मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेकाले अप्रिय घटना घट्न गएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका महेन्द्र यादवले रङ्गेली घटनाको भत्र्सना गर्नुभयो ।

नेकपा (एमाओवादी)का रामनारायण विडारी र श्यामकुमार श्रेष्ठले सरकार मधेसी मोर्चासँग निरन्तर वार्तामा बस्नुपर्ने बताउँदै भारतले नेपालमा गरेको अघोषित नाकाबन्दी पारवहन अधिकारविरुद्ध भएको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालमा भारतको आन्तरिक हस्तक्षेप तत्काल रोक्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

नेपाल सद्भावना पार्टीका डिम्पलकुमारी झाले संविधानको पहिलो संशोधनबाट शोषित, पीडित, अल्पसङ्ख्यक, आदिवासी र मधेसीको समस्या समाधान हुन्छ कि हुँदैन भनी प्रश्न गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया