Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पाँचथर— पाँचथर ओयाम–१ फाक्लुङका एक १४ महिनाको बालकलाई बोक्सी लागेको भन्दै फाली र ढुंगा डाम्ने झाँक्रीविरुद्ध शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय पाँचथरमा मुद्दा दर्ता भएको छ ।

बालक दीपसनका बुबा धनबहादुर राईले झाँक्री सुकबहादुर राईविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिई मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । प्रहरीको हिरासतमा रहेका झाँक्रीविरुद्ध अब मुद्दा प्रक्रियासँगै अनुसन्धान अघि बढाइने उहाँले बताउनुभयो ।

बच्चाको भने घटना घटेको १३ दिनमा बिहीबार ल्याई जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । बच्चाको उपचारमा संलग्न जिल्ला अस्पताल पाँचथरका डाक्टर मनोज नेपालीले बच्चाको अवस्था हेर्दा गम्भीर रहेको बताउँदै अझै एक हप्तासम्म अस्पतालमै राखेर उपचार गराउनुपर्ने बताउनुभयो ।

पखालाले जीवन र मरणको दोसाँधमा भएका धनबहादुरका १४ महिनाका छोरा दीपसन राईलाई विजुवाले उपचार गर्ने क्रममा डामेका हुन् । वडा नागरिक मञ्चमा भएको एक कार्यक्रममा कुरा उठेपछि घटना सार्वजनिक भएको हो ।

 

 

 

तपाईको प्रतिक्रिया