Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं — प्रहरीको कारबाहीमा मधेसी मोर्चाका तीन कार्यकर्ता मारिएपछि मोरंगको रंगेलीमा शुक्रबार बिहानैबाट तनाव सुरु भएको छ ।
बिहीबार युवा संघको सभा बिथोल्न लाठी, भाला लिएर करिब पाँच सय जति मधेसी मोर्चाका कार्यकर्ता अघि बढेपछि प्रहरीले उनीहरुलाई रोक्न खोज्दा भएको झडपमा तीन जना मधेसी मोर्चाका कार्यकर्ताको ज्यान गएको थियो ।
बिहीबारको सो घटनापछि मधेसी मोर्चाका कार्यकर्ताले मोरंगको पुरानो सदरमुकाम रंगली बजारमा बिहानैदेखि प्रदर्शन गरिहेका छन् । प्रदर्शनका क्रममा मोर्चाका कार्यकर्ताले रंगेली ३ स्थित सशस्त्र प्रहरीको निर्माणाधिन भवनमा क्षति पुर्याएका छन् ।
उनीहरुले सो भवनमा ढुंगामुडा गरेर शिशा फुटाएका छन् । उनीहरुले अर्को निर्माणधिन भवनको दृुईवटा पर्खाल भत्काएका भने सय बोरा सिमेन्टमा आगो लगाएर क्षति र्पयाएको प्रहरीले जानकारी दिएको छ । मोर्चा कार्यकर्ताले त्यहाँ गाडिएका दुईवटा ट्यूववेल समेत उखेलेर फालेका छन् ।

बिहानैदेखि रंगेली–विराटनगर सडकखण्डको कटहरी बजारमा पनि प्रदर्शन चर्किएको छ । मोर्चाका कार्यकर्ताले उक्त सडक खण्डमा यातायात चल्न दिएका छैनन् । बिहीबार युवा संघको कार्यक्रम बिथोल्न खोज्ने मधेसी मोर्चाका दुई कार्यकर्ता रंगेलीमा र एक डायनियामा मारिएका थिए ।

तपाईको प्रतिक्रिया