Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

चितवन– नाकाबन्दीको प्रभावका कारण ओरालो लागेको राजस्व सङ्कलन नाका सहज भएसँगै उकालो लाग्न थालेको छ ।

चितवन र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्र हेर्दै आएको आन्तरिक राजस्व कार्यालय भरतपुरमा भदौ, असोज र कात्तिक महिनामा निकै कम मात्र राजस्व उठेकामा मङ्सिर र पुस महिनामा तुलनात्मक हिसाबले सन्तोषजनक रुपमा राजस्व सङ्कलन भएको देखिएको छ । आन्तरिक राजस्व कार्यालय, भरतपुरले दिएको जानकारीअनुसार, चालु आर्थिक वर्षको पुस महिना सम्ममा रु ८१ करोड पाँच हजार राजस्व सङ्कलन भएको छ ।

आन्तरिक राजस्व कार्यालयका आनुसार मङ्सिरमा रु ७२ करोड ७५ लाख राजस्व सङ्कलन भएको थियो । कात्तिक महिनामा रु ६२ करोड १० लाख, असोज महिनामा रु ६७ करोड आठ लाख, भदौमा रु ६५ करोड ४२ लाख र साउनमा रु ९८ करोड ९४ लाख राजस्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षको पुस महिनामा रु ७७ करोड ७६ लाख, मङ्सिरमा रु ६० करोड ३९ लाख, कात्तिकमा रु ६५ करोड ८३ लाख, असोजमा रु ८९ करोड ५६ लाख, भदौमा रु ७७ करोड ५९ लाख र साउनमा ६८ करोड ८६ लाख राजस्व सङ्कलन भएको थियो ।

दुई वर्षको तथ्याङ्कलाई हेर्दा गत वर्षभन्दा यस वर्षको भदौ, असोज र कात्तिकमा राजस्वमा कमी आएको भए पनि मङ्सिर र पुसमा भने बढेको प्रमुख कर अधिकृत टीकाराम भुसालले बताउनुभयो । गत छ महिनामा आन्तरिक राजस्व कार्यालयले रु चार अर्ब ४७ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ । गत वर्षको यही अवधिमा रु चार अर्ब ४० करोड दुई लाख राजस्व सङ्कलन भएको थियो भने यस वर्षको छ महिनाको लक्ष्य रु पाँच अर्ब २२ करोड ३९ लाख थियो । राजस्व बढेको भए पनि लक्ष्यमा भने ८५ दशमलव ६४ प्रतिशत मात्र पूरा गर्न कार्यालय सफल भएको छ । गत वर्षको छ महिनाको लक्ष्य रु चार अर्ब ४२ करोड ८३ लाख रहेको थियो । जसको ९९ दशमलव ३७ प्रतिशत लक्ष्य पूरा भएको थियो ।

आन्तरिक राजस्व कार्यालयले आयकरमा ११६ दशमलव ३७ प्रतिशत लक्ष्य पूरा गरेको छ भने घरबहालमा ४८ दशमलव ६३ प्रतिशत मात्र लक्ष्य प्राप्त गर्न सकेको छ । त्यसैगरी ब्याजकरमा ८२ दशमलव २ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८४ दशमलव ४ प्रतिशत, अन्तःशुल्कमा ९९ दशमलव ६४ प्रतिशत, स्वास्थ्य सेवा करमा २५८ दशमलव ६० प्रतिशत र शिक्षा सेवा शुल्कमा ९० दशमलव २१ प्रतिशत कर सङ्कलन भएको छ । प्रमुख कर अधिकृत भुसालले लक्ष्यमा नपुगेको भए पनि नाकाबन्दीबाट परेको प्रभाव क्रमिक रुपमा सुधार हुँदै गएको र असार मसान्तसम्ममा लक्ष्यमा पुग्ने बताउनुभयो । त्यसका लागि लक्ष्य नपुगेका क्षेत्रमा कर सङ्कलनलाई कडाइ र तीव्रताका साथ लाग्ने पनि उहाँले बताउनुभयो । यस वर्षमा रु ११ अर्ब ८१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । गत वर्ष रु नौ अर्ब ८९ करोड राजस्व सङ्कलन भएको थियो । सो कार्यालय अन्तर्गत मूल्य अभिवृद्धि कर ९भ्याट० मा छ हजारसहित ४४ हजार करदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया