Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – मोरङको रंगेलीमा एमाले निकट युवा संघले आयोजना गर्न खोजेको सभा विथोल्ने प्रयास गर्ने समूहविरुद्धको कारबाहीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली ४ की ६० वर्षीया द्रौपदीदेवी चौधरी रहेकी छिन । मृतक अर्का एकको पहिचान खुल्न सकेको छैन । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा पाँच जना घाइतेसमेत भएका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले जानकारी दिनुभयो । सभा गर्न नदिने मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले अश्रुग्याँस र हवाई फायर समेत गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो । प्रहरीको गोलीबाट मारिने महिलाको नाम खुल्न सकेको छैन । घाइतेहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले एमालेका स्थानीय कार्यकर्ताको घरमा बुधबार तोडफोड पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया