Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

बनेपा– सुनको जलप लगाएर ३२ लाख ठगी गरेको आरोपमा पक्राउ परेका चारजनालाई प्रहरीले बिहीबार धुलिखेलमा सार्वजनिक गरेको छ ।

उनीहरुसँगबाट नगद दुई लाख ५४ हजार ६७०, मोबाइल तीन थान, करिब एक तोलाको सुनको औँठी र १० थान सिम कार्डसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङको ढोला गाविस–७ बस्ने शिव भन्ने नेत्रप्रसाद दुवाडी, कास्कीको पोखरा उपमहानगरपालिका–२२ निवासी शिवशङ्कर गुरुङ भन्ने हरिशङ्कर तामाङ, सुनसरीको इटहरी–४ बस्ने नेत्रबहादुर भण्डारी र सिन्धुलीको खेलागाउँ–६ बस्ने दिलीप भन्ने दिलबहादुर थापा रहेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

उनीहरुमध्ये ठगी मुद्दामा भण्डारीलाई कैदसजाय र जरिवाना तोकिएको छ । नक्कली सुन प्रकरणको मुख्य योजनाकार थापा रहेको बताइएको छ । पुस १४ गते धुलिखेल बसपार्कमा धादिङको गजुरी–२ मा सुन पसल चलाउने जीवन विकलाई १००९।१७० ग्राम तौल भएको धातु दिई नगद ३२ लाख लिएर दुवाडी फरार भएका थिए । सो सुन खोलेर हेर्दा नक्कली भएको थाहा पाएपछि विकले प्रहरीलाई खबर गरेका थिए । यसबाट ठगी काण्डको ठूलो गिरोहको पर्दाफास भएको बास्तोलाको दाबी छ ।

ठगी गरेको रकमबाट भण्डारीले आठ लाख, दुवाडीले दुई लाख ५० हजार, केही सहयोगीलाई दिएको र केही सुनको गहना जोडी श्रीमतीलाई पठाएको, पाँच तोला सुनको सिक्री बनाउन काठमाडौँको बसुन्धारास्थित सुन पसलमा एक लाख ५० हजार पेस्की दिएको समेत प्रहरीको अनसुसन्धानबाट खुलेको छ । पक्राउ परेकामध्ये दुवाडीलाई धुलिखेल, भण्डारीलाई इटहरी, तामाङलाई पोखरा र थापालाई काठमाडौंबाट प्रहरीले फरक फरक मितिमा पक्राउ गरेको थियो । उनीहरुमाथि मुलुकी ऐनको ठगीको महल १ नम्बर कारबाही हुने भएको छ ।

तपाईको प्रतिक्रिया