Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– सङ्गीतकार रत्नबहादुर खड्गीको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित खड्गीको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सङ्गीतकार खड्गीले पुराना तथा नयाँ गरी झण्डै सातसय गीतमा सङ्गीत भर्नुभएको छ । काठमाडौँंको कीर्तिपुरमा जन्मिनुभएका खड्गी अहिले बागबजारमा बस्दै आउनुभएको थियो । उहाँले सङ्गीत गरेकामध्ये ‘एक्लै बस्दा सधँै मलाई सम्झना तिम्रो आइदिन्छ’, ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’, ‘कर्मको रेखा नमेट्दो रै छ’, ‘सिरानीले बिझायो कि ?’ लगायतका दर्जनाँै गीत लोकप्रिय छन् ।

उहाँको सङ्गीतमा पुरानो पुस्ताका अरुणा लामा, दिलमाया खातीदेखि अहिलेका सत्यराज आचार्य, अञ्जु पन्तलगायत गायक गायिकाले स्वर दिनुभएको छ । स्वर्गीय खड्गीका एक छोरा र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया