Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

रुकुम– रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार अपरान्ह दाउरा लिन जङ्गल गएकी युवती राति अबेरसम्म घर नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रुखमा बाँधिएको अवस्थामा मृत शरिर फेला पारेका थिए ।

युवतीको शव परीक्षणका लागि बुधबार जिल्ला अस्पताल जाजरकोट लगिएको छ । युवतीको बलात्कारपछि हत्या भएको अस्पतालका डाक्टर दीपक पुनले बताउनुभयो । “शवको प्रकृति हेर्दा हातखुट्टा बाँधेर सामूहिक बलात्कार पछि हत्या गरेको हुन सक्छ”–उहाँले भन्नुभयो ।

युवतीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरूले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताउनुभयो । शाहले फोनमा धम्की दिनेले नै युवतीको हत्या गरेको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया