Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– महारथी टोली बार्सिलोनाले स्पेनिस नकआउट फुटवल प्रतियोगिता कोपा डेल रे अन्तर्गत क्वाटरफाइनल चरणको पहिलो लेगमा एथ्लेटिको बिल्वाओलाई दुई एक गोलले पराजित गरेको छ । जितसंगै बार्सिलोना प्रतियोगिताको क्वाटरफाइनल नजिक पुगेको छ ।

गएराति घरेलु मैदानमा एथ्लेटिको विल्वाओले खेल बार्सिलोनालाई दुई एक गोलले सुम्पन बाध्य भयो । चोटग्रस्त स्टार स्ट्राईकर लियोनल मेसी र दुई खेलको प्रतिबन्धमा रहेका अर्का स्टार लुईस स्वारेजबिना मैदानमा उत्रिएको पाहुना टोली बार्सिलोनाका लागि नेईमार र मुनिरर्ले एक एक गोल गरे । खेलको १८ औं मिनेटमै इभान राकिटिकको पासमा मुनिरले बार्सिलोनालाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै स्टार स्ट्राइकर नेईमारले बार्सिलोनाको अग्रता दोव्वर बनाए ।

पहिलो हाफमा दुई शून्य गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा गोल थप्न सकेन । बरु खेलको अन्त्यतिर गोल खान पुग्यो । ८९ औं मिनेटमा घरेलु टोलीका लागि एडुरिजले गोल गरेपछि विल्वाओले हार टार्न सकेन । दुईबीचको दोस्रो लेग बार्सिलोनाको मैदान नाउक्याम्पमा हुनेछ ।

अर्को खेलमा उपाधिको अर्को दावेदार एथ्लेटिको म्याड्रिडले भने सेल्टा डि भिगोसंग गोलरहित बराबरी खेल्यो । सेमिफाइनल प्रबेशका लागि एथ्लेटिकोले अर्को साता हुने दोस्रो लेगमा घरेलु मैदानमा जित्नै पर्ने भएको छ ।

तपाईको प्रतिक्रिया