Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

रसुवा– मुलुककै पुरानो क्याङ्जेन चिज कारखाना पुनः सञ्चालनका लाथि रसुवाको लाङटाङका भूकम्पपीडित किसानलाई झोमो जातको चौँरी गाई वितरण गरिएको छ ।

लाङटाङ पुनःनिर्माण व्यवस्थापन समितिका सचिव सोन नुर्वु लामाका अनुसार ४५ वटा चौँरी खरिद गरी २० जना किसानलाई वितरण गरिएको हो ।

चौँरीको दूध यथेष्ट मात्रामा उत्पादन गराई नेपालको जेठो चिज कारखाना क्याङ्जेन पुनः सञ्चालनमा ल्याउने र दूध बिक्रीबाट प्राप्त आयले गरिब किसानको जीविकोपार्जनमा सरलता ल्याउने उद्देश्यले हेलम्बु क्षेत्रबाट रु २० लाख २५ हजार बराबरको चौँरी खरिद गरि वितरण गरिएको हो ।

भूकम्पबाट विस्थापित ११६ घर परिवारलाई आफ्नो थातथलोमा फर्काई आधारभूत आवश्यकता र पुनःनिर्माणको प्रयास भइरहेको सचिव लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया