Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– सरकारी छाप दस्तखत कीर्ते मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेका वीर अस्पतालमा कार्यरत तीन कर्मचारीसहित चार जनालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा वीर अस्पताल सेवा आयोगमा कार्यरत सातौँ तहका सचिव ५७ वर्षीय लक्ष्मणप्रसाद अर्याल, वीर अस्पताल (रेडियोग्राफर सातौँ तह)का ४६ वर्षीय कृष्णप्रसाद तिमल्सिना र इमरजेन्सी नर्स एड पाँचौँ तहका ५० वर्षीय राजेशकुमार कार्की तथा सिन्धुपाल्चोक वतासे गाविस–३ का ६२ वर्षीय रामप्रसाद पराजुली भन्ने केदारनाथ पराजुली रहेको ब्युरोले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला अदालतबाट फैसला भई विगत दुई वर्षदेखि जबर्जस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई करणी गरेको मितिमा अस्पतालमा भर्ना भएर एपेण्डिक्सको शल्याक्रिया गराएको कीर्ते कागज अस्पतालका कर्मचारीले बनाएको प्रहरीले बताएको छ ।

सिन्धुपाल्चोक मानेश्वराका जगन्नाथ देवल र काठमाडौँमा कैद सजाय भोगिरहेका उद्धवप्रसाद नेपाललाई पुनरावेदन अदालत पाटनमार्फत छुटाउनका लागि जबर्जस्ती करणी उद्योग घटना भएको मिति २०७० असार ५ भित्रपर्ने गरी मिति २०७० असार ४ देखि १२ गतेसम्म वीर अस्पतालमा एपेन्डिसाइडको शल्यक्रिया गरी उपचारार्थ बेड भर्ना रहेको भन्ने व्यहोराको डिस्चार्ज पुर्जी तथा पत्रसमेत कीर्ते कागजात बनाएर अदालतमा पेश गरिएको पाइएको छ ।

यसमा अदालतबाट पटकपटक बुझ्दा अस्पतालको प्रशासनले कीर्ते व्यहोराको डिस्चार्ज पुर्जी तथा पत्र जारी भएको पाइएपछि निज व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया