Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ–उच्च वायुमण्डलमा न्यून चापीय रेखा विकास भएका कारण नेपालको मौसममा खराबी आएको छ ।

न्यून चापीय रेखाको विकाससँगै पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भाग हुँदै सबैतिर फैलिएका कारण मौसम बदलीको साथै देशभर वर्षासमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु नेपालको मध्यभेगबाट विस्तारै पूर्वतर्फ प्रवेश गरेका कारण बदलीसँगै देशभर समान्य वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले  जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी जुम्लामा १५ मिलिमिटर र सबैभन्दा कम काठमाडौँमा ०.४ मिलिमिटर तथा अन्य केही भेगमा फाटफुट वर्षा भएको छ । मौसम बदलीसँगै मङ्गलबार राति काठमाडौँसहित देशभर फाटफुट वर्षा भएको थियो ।

“पश्चिमी भेगमा पूर्ण बादलले ढाकेको छ, मध्य र पूर्वमा बदली मात्र छ । पश्चिम र मध्यमा साँझ पनि वर्षा हुने सम्भावना छ । यो प्रणाली बिहीबार दिउँसोदेखि पश्चिम भेगबाट क्रमशः सफा हुँदै मध्यतिर जाने र शुक्रबार साँझबाट मात्र सफा हुन्छ,”–मौसमविद् अर्यालले भन्नुभयो ।

वर्षासँगै उच्च हिमाली भेगमा हिमपात भएको छ, आजराति पनि हिमपात हुने महाशाखाले जनाएको छ ।

मौसम बदली भई आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम घटेर १३ डिग्रिसेल्सियस र न्यूनतम तापक्रम ७ डिग्रिसेल्सियस रहेको भए पनि काठमाडौँ उपत्यकासहित देशभर चिसो महसुस गरिएको छ ।

तपाईको प्रतिक्रिया