Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

बैतडी – सशस्त्र द्वन्द्वमा सदरमुकाममा बसेका बझाङ जिल्लाका गाविस सचिवहरु अझै गाँउ फर्केका छैनन् ।

सचिबहरु गाँउ नफर्कंदा सेवाग्राहीहरु मर्कामा परेका छन् । जिल्ला विकास समितिले सचिवहरुलाई गाउँ बस्न ताकेता नगर्दा सशस्त्र द्वन्द्वमा सदरमुकाम भित्रिएका सचिवहरु अझै गाउँ नफर्केका हुन् । शान्ति बहाली भएपछि सम्बन्धित गाविसमा गएर कागजपत्र सहित बोर्ड झुन्ड्याएका सचिवहरुले अहिलेसम्म पनि सदरमुकाम चैनपुरमा खोलिएका कार्यालयहरु बन्द गरेका छैनन् ।
एकसयभन्दा बढी गाविसको जिम्मेवारी लिएका सचिवहरुले सेवाग्राहीका लागि सदरमुकाम चैनपुरमा सम्पर्क कार्यालय खोल्न बाध्य भएको बताएका छन् । बयालीस गाविस रहेको बझाङ जिल्लामा ४२ वटै गाविसका सचिवहरु सदरमुकाम चैनपुरमा घर भाडामा लिएर बस्दै आएका छन् । स्थानीय विकास अधिकारी आत्मराम सत्यालका अनुसार जरुरी काम बाहेक अन्य समय गाउँमै बस्न परिपत्र गर्ने गरिएको छ ।

उहाँले भन्नुभयो – “सचिवहरुलाई जरुरी काम बाहेक अन्य समय गाउँमै बस्न परिपत्र गर्ने गरेका छौं ।”

तपाईको प्रतिक्रिया