Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैँ– नेपाल र बङ्गलादेशबीच व्यापार विस्तार लगानी प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनीस्थलमा दोस्रो बङ्गलादेश व्यापार मेला हुँदै छ ।

काठमाडौंस्थित बङ्गलादेशी दूतावासको आयोजनामा हुने पाँच दिने उक्त मेलामा निर्माण सामग्री, तयारी पोसाक, यान्त्रिक उपकरण, हस्तकला तथा छालाका उत्पादन, औषधि एवम् औषधिजन्य उत्पादन, विद्युतीय उपकरण र सूचना प्रविधिसँग सम्बन्धित वस्तु राखिनेछ । सूचना प्रविधि, जलविद्युत्, पर्यटन तथा सेवा क्षेत्रमा लगानीका अवसरको खोजी पनि मेलामा हुने छ ।

व्यापार वाणिज्यका साथै द्विपक्षीय सम्बन्धका विविध आयामबारे दुबै देशका प्रतिष्ठित व्यक्ति एवम् उद्यमी सम्मिलित ‘नेपाल–बङ्गलादेश बिजनेस फोरम’ आयोजना हुने र त्यसमा सुदृढ र गहन सडक एवम् हवाई सम्पर्कबाट पारस्परिक व्यापार, वैकल्पिक ऊर्जा, दिगो ऊर्जाका निम्ति जलविद्युत्मा लगानीलगायत विषयमा उक्त फोरममा वृहत् छलफल हुनेछ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले ‘नेपाल–बङ्गलादेश बिजनेस फोरम’ को उद्घाटन गर्नुहुने छ भने नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी विन्टे शाम्सले अध्यक्षता गर्ने कार्यक्रम रहेको छ । फोरममा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र बङ्गलादेशका वाणिज्य सचिव हेडेयतुल्लाह अल मामुन विषेश अतिथिका रुपमा बोलाइएको जनाइएको छ । भृकुटीमण्डपस्थित हुने मेलाको उद्घाटन वाणिज्यमन्त्री दीपक बोहोराले गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया