Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

चितवन– वरण्डाभार वन क्षेत्र भएर जाने नारायणगढ–मुग्लिन सडकखण्डलाई वन्यजन्तुमैत्री बनाउन अभियान सुरु गरिएको छ । नारायणगढ– मुग्लिन सडकखण्ड पुनःनिर्माण भइरहेका बेला यसलाई बन्यजन्तुमैत्री बनाउने अभियान सुरु गरिएको हो ।

यस सडक खण्डको आँपटारी, रामनगर–जुगेडीबीच भागमा वरण्डाभार वन क्षेत्र पर्दछ । सडक हुँदै वन्यजन्तु ठूलो सङ्ख्यामा आवतजावत गर्दछन् । सडक फराकिलो बनाउने क्रममा विश्व बैंकले वातावरणमैत्री सडक बनाउनुपर्ने जनाएपछि सडकलाई वन्यजन्तुमैत्री बनाउन लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक योजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट दुई दशमलब आठ किलोमिटर मुग्निनतर्फको आँपटारी चेकपोस्ट अगाडि र सात दशमलब छ किलोमिटरको दुरीमा रहेको जुगेडी र रामनगरबीच भागमा वन्यजन्तु आवतजावतका लागि बाटो छोडिएको छ ।

पाँच मिटर चौडाइ र पाँच दशमलब पाँच मिटर उचाइको उक्त बाटो हुँदै ठूलोमा हात्तीसम्म आवतजावत गर्नसक्ने उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा सोही बाटो हुँदै वन्यजन्तु नारायणी नदीसम्म पानी खान जाने र आवातजावत गर्ने हुँदा बाटो छोडिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।

उहाँका अनुसार वातावरणमैत्री बनाएर सडक निर्माण गरिएको नेपालमा यो पहिलो हो । सडक साँघुरो हुँदा जनावरलाई अप्ठ्यारो परेकाले विश्व बैंकको रु दुई अर्ब ९० करोडको सहयोगमा सो सडकलाई फराकिलो पार्ने काम भइरहेको छ । सन् २०१७ को अप्रिलसम्ममा सम्पन्न गर्न तीव्रगतिमा काम भइरहेको उहाँले बताउनुभयो ।

साँघुरो सडक हुँदा सवारीका साधन विस्तारै गुड्ने भए पनि सडक चौडा भएसँगै सवारीसाधनको गति बढ्ने हुँदा जनावर आवातजावतका लागि कठिन हुने उहाँले बताउनुभयो । दुर्लभ वन्यजन्तु गैंडा ढिलो हिँड्ने गर्दछ । सो क्षेत्र गैँंडाको राम्रो बासस्थान मानिन्छ ।

चितवनकै टिकौली क्षेत्रमा पनि कोरिडोरमा धेरै सवारी साधन गुड्ने हुँदा जनावरलाई अप्ठ्यारो परेको बताउँदै रायले त्यहाँ पनि विकल्पको खोजी गर्नुपर्ने बताउनुभयो । नारायणगढ–मुग्लिन सडकखण्डको सो सडक ३६ किलोमिटरको छ । सडकलाई तीन भागमा विभाजन गरेर निर्माण कार्य अगाडि बढाइएको छ । यस सडकखण्ड ११ मिटर चौडा बनाइँदै छ ।

तपाईको प्रतिक्रिया