Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यमा भएको समायोजनपछि सार्वजनिक सवारीमा पनि भाडादर समायोजनको माग गरेको छ ।

नेविसंघका प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ ।

नेविसंघले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गर्दै तत्काल भाडादर नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा पाँच तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य समायोजन गरेको थियो । निगमका डिपोमा थुपारेर राखिएको तेल तत्काल बजारमा वितरण गरेर जनजीवन सहज बनाउन पनि नेविसंघले माग गरेको छ ।

तपाईको प्रतिक्रिया