Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले चीनसँग जोडिएका तातोपानीलगायतका उत्तरी नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको बताउनुभएको छ ।

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उद्घाटन समारोहमा सहभागी भई मंगलबार स्वदेश फर्कनुभएका अर्थमन्त्री पौडेलले पछिल्लो समयमा नेपालका समस्याका विषयमा चीन सरकार जानकार रहेको र त्यस विषयलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

बैंकको उद्घाटनपछि आफूले चिनियाँ समकक्षी लोउ जिओयीसँगको पेट्रोलियम पदार्थ आयात गर्नका लागि ‘मङ्गोलिया मोडल’ कर छुट र सीमा नाकाबाट पेट्रोल उपलब्ध गराउने विषयमा अर्थमन्त्रीले ध्यानाकर्षण गराएको बताउनुभयो ।

उहाँले भेटघाटमा इन्धन आपूर्ति, पूर्वाधार विकास र चिनियाँ लगानी बढाउन आग्रह गरेको र नेपाल–चीनबीचमा तयार गरिएका उच्चस्तरीय संयन्त्रलाई पनि बैठक नियमित गर्न आग्रह गरेको बताउनुभयो ।

चिनियाँ अर्थमन्त्री जिओयीसँग दुई देशबीचको उच्चस्तरीय भ्रमणका विषयमा छलफल भएको र उहाँले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिई दुई पक्षको सम्बन्धलाई दीर्घकालीन विषयमा आपसी सम्बन्ध अगाडि बढाउन जोड दिनुभएको बताउनुभयो ।

त्यसैगरी भ्रमणका अवसरमा आफूले एआइआइबी बैंकका अध्यक्ष जिन लिकुनसँगको भेटमा सडक पूर्वाधार र विद्युत्मा उत्साहजनकमा लागानी गर्न आग्रह गरेको बताउनुभयो ।

जवाफमा बैंकका अध्यक्षले आफू पटकपटक नेपाल भ्रमणमा आएको र पूर्वाधार विकासप्रति गम्भीर चासो दिनुभएको र यही २०१६ मै सुरु गर्ने गरी उपयुक्त परियोजना छनोट गरेर बैंकसमक्ष पेस गर्न आग्रह गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

सो अवसरमा आफूले मध्यपहाडी राजमार्ग, उत्तर दक्षिण राजमार्ग, केरुङ सडक, किमाथाङ्का खाँदबारी सडक र विभिन्न प्रसारण लाइन निर्माणमा लगानी गर्न बैंकसँग आग्रह गरेको अर्थमन्त्री पौडेलको भनाइ थियो ।

त्यसैगरी बूढीगण्डकी, नलसिंहगाड, तामाकोसी तेस्रो र तल्लो अरुणलगायतका आयोजना तयारी अवस्थामा रहेको स्मरण गराउँदै आफूले जलविद्युत् क्षेत्रमा लगानी होस् भन्ने विषयमा ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया