Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कपिलवस्तु– सोमडिह गाविसको ७ र ८ मा पर्ने इटवा गाउँमा दादुराजस्तो देखिने अज्ञात रोगबाट पाँच बालबालिकाको मृत्यु भएको छ ।

रोग देखिएयता पन्ध्रदिनको अवधिमा तीन वर्षका आकाश कोरी, डेढ वर्षकी जानकी रैदास, तीन वर्षका सञ्जु चौधरी, पाँच वर्षकी रिङ्का यादव र १० महिना अमित यादवको मृत्यु भएको हो ।
उक्त गाउँका अन्य ४६ जना बालबालिकामा रोगको सङ्क्रमण देखिएको र उनीहरुको रगतको नमूना लिएर प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णु जैसवालले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया