Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – विश्वमा प्रत्येक दिन ७ हजार २ सय मृत शिशुहरु जन्मने गरेको एक प्रतिवेदनले देखाएको छ । यी मध्ये ९८ प्रतिशत शिशुहरु न्युन र मध्यम आय भएका मुलुकबाट हुने गर्छन् । मानवविकासमा देखिएको यस्तो डरलाग्दो तथ्यांक द लेनसेटले मंगलबार प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिवेदनमा वर्षमा करिब २६ लाख शिशुहरु मृत जन्मन्छन्, यी मध्ये आधाभन्दा बढीको मृत्यु प्रशव प्रक्रियाका बेला हुनेगर्छ ।
मृत शिशुहरुको गणना अन्तिम तीन महिनामा जन्मेका र गर्भधारण गरेको २८ हप्ताभित्रबाट गरिएको थियो । पछिल्ला तीन महिना अघि र २८ हप्तापछिका शिशुहरुलाई चाही गर्भपतनको सुचीमा राखिएको छ ।
सुत्केरी व्यथा लामो समय हुँदाको बखत शिशुमृत्युदर उच्च छ । यस्तो दर १४ प्रतिशत रहेको प्र्रतिवेदनमा उल्लेख छ । शिशु मृत्युको अर्को कारण आमामा हुने स्वास्थ्य समस्या पनि हो । मधुमेह, क्यान्सर, धुम्रपान, चिन्ता, मोटोपन आदि आमामा हुँदा पनि १० प्रतिशत शिशु मृत अवस्थामा जन्मने गरेका छन् । मलेरिया संक्रमणले ८ प्रतिशत र सिफलिसका कारण ७ दशमलव ७ प्रतिशत शिशुको मृत्यु हुन्छ । ३५ वर्ष भन्दा माथिका आमाबाट जन्मका शिशुहरुको मृत्यु ६ दशमलव सात प्रतिशत छ । उच्च रक्तचापका कारण पनि ४ दशमलव ७ प्रतिशत शिशुको मृत्यु हुन्छ । सब सहारान अफ्रिकामा यो शिशुमृत्युदर सबैभन्दा उच्च छ ।

तपाईको प्रतिक्रिया