Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज साँझ माल्दिभ्सको सामना गर्ने भएको छ ।

बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा हुने खेलमासाँझ ५ः१५ बजे दुवै टोली भिड्नेछन् । नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह ‘बी’ को विजेता हो । समूह चरणको खेलमा नेपालले करिब २८ महिनापछि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेपछि नेपालको विजयविहीन यात्रालाई बिर्साएको थियो । त्यतिबेला विमल घर्ती मगरले गोल गरेका थिए । जारी प्रतियोगितामा गोल नखाने एउटा मात्र राष्ट्र नेपाल हो ।

नेपालले माल्दिभ्सलाई हराउन भने त्यति सजिलो छैन । समूह चरणको खेलमा माल्दिभ्सले कम्बोडियालाई ३–२ तथा बङ्गलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो भने बहराइनसँग एक/एक गोलको बराबरीमा खेलेको थियो । त्यस्तै नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियासँग गोलरहित बराबरी खेलेको थियो ।

यसअघि नेपाल र माल्दिभ्स छ पटक आमनेसामने भएका छन्, जसमा नेपालले दुई खेल बराबरी खेलको थियो भने बाँकी चार खेल माल्दिभ्सको पक्षमा रहेको छ । त्यसैगरी यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बहराइन बङ्गलादेशको राष्ट्रिय टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा आज हुने खेलमा विजेता टोलीले फाइनलमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया