Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रमुख तीन दलको बैठकपछि बसेको कार्यदलको बैठकमा आइतबार नै उठेका केही विषयमा सामान्य छलफल भए पनि अन्य विषयमा कुनै कुराकानी नै हुन नसकेको जनाइएको छ । कार्यदलका सदस्य एवम् सङ्घीय समाजवादी फोरम नेपालका नेता डा मङ्गलसिद्धी मानन्धरका अनुसार कार्यदलको बैठकमा खासै छलफल हुन सकेन ।

प्रमुख तीन दलका तर्फबाट शीर्ष नेतृत्व तहमा नै छलफल जारी रहेको विचार व्यक्त भएको भन्दै उहाँले वार्ता परिणाममुखी बनाउनेतर्फ भन्दा अल्मल्याउने ढङ्गले प्रस्तुत भएको आरोप लगाउनुभयो । मोर्चाले आइतबारको बैठकमा सहमतिको आधार भन्दै छबुँदे प्रस्ताव पेस गरेको थियो । सोही प्रस्तावमाथि आजै शीर्ष नेतृत्वले छलफल गरेको थियो । प्रमुख तीन दल र मोर्चा सम्बद्ध कार्यदलले व्यवस्थापिका–संसद्को बैठक बस्नु अगावै सहमति गर्ने बताउँदै आएका छन् । तर शीर्ष नेतृत्व र कार्यदलको बीचमा समेत सहमति नभएको खण्डमा भोलि नै सहमति हुने आधार भने तयार हुन नसकेको डा मानन्धरले बताउनुभयो ।

कार्यदलका अर्का सदस्य एवम् तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले पनि आजको वार्तामा कुनै ठोस प्रगति हुन नसकेको प्रतिक्रिया दिनुभयो ।प्रमुख तीन दल र आन्दोलनरत मोर्चाका तर्फबाट आजै सहमति हुने धारणा सार्वजनिक भइरहेका बेला कार्यदलको वार्तामा कुनै प्रगति हुन नसकेपछि व्यवस्थापिका–संसद्को बैठक बस्नु अगावै सहमति हुने सम्भावना भने क्षीण भएको छ ।

तपाईको प्रतिक्रिया