Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

दाङ– तुलसीपुरबाट बिरामी लिएर घोराहीतर्फ जाँदै गरेको रा१च ५२५ नं को एम्बुलेन्सको ठक्करबाट सोमबार राति दाङमा एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर नपा–१५ को पर्सेनीमा एम्बुलेन्सको ठक्करबाट तुलसीपुर–६ बनकट्टाका १३ वर्षीय शान्तराम चौधरीको मृत्यु भएको हो ।

माघीको नाच हेर्न गएका बालकलाई सडकनजिकै एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र एम्बुलेन्सलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया