Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ– नेपाली काँग्रेसमा देखिएको गुट उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजार भन्दा बढी सदस्य आसन्न १३ औँ महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित हुने भएका छन् ।

काँग्रेसमा सभापति सुशील कोइराला (संस्थापन) र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नयाँ क्रियाशील सदस्यताको फाराम भरेका सात हजार ४९४ सदस्य त्यो अवसरबाट वञ्चित हुन लागेका हुन् ।

क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले पछिल्लो पटक गरेको निर्णयअनुसार कैलालीमा करिब पाँच हजार १४४, सोलुखुम्बुका एक हजार ३५० र रौतहटका एक हजार नयाँ क्रियाशील सदस्य चुनावी प्रक्रियाबाट वञ्चित भएका छन् ।

यी तीनै जिल्लामा कोइराला र देउवा दुबै पक्षबीच सदस्यता सम्बन्धमा कडा विवाद देखिएपछि दुबै पक्षका नेता र कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनशनसमेत बसेका थिए ।

कैलालीमा नयाँ क्रियाशील सदस्यमध्ये एकहजार ६४४ प्रक्रिया नपुर्‍याई आएको भन्दै देउवा पक्षले विरोध गरेको थियो भने संस्थापन पक्षले सबै प्रक्रिया पुगेको भन्दै ती सदस्यता सदर हुनुपर्ने माग गरेको थियो ।

दुबै पक्षबीच देखिएको विवाद अन्ततः शीर्ष नेतृत्वसम्म पुगेपछि ‘कि सबै सदर कि सबै बदर’को स्थितिमा पार्टी नेतृत्वले कैलालीका छ वटै निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो ।

पार्टीको यस निर्णयले संविधानसभाको दोस्रो निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेका अधिकांश युवा वर्ग, नव प्रवेशी थारु समुदाय र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काँग्रेसमा प्रवेश गरेका सदस्य मर्कामा परेको कैलाली काँग्रेसका सभापति नरनारायण शाह र पूर्व सभापति गोविन्दराज जोशी बताउनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया