Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

इलाम– रेडपाण्ड (हाब्रे)को अवैध चोरी तस्करी रोक्न जडान गरिएका ट्रापिङ क्यामेराका कारण रेडपाण्डा सुरक्षित बनेका छन् । सिकारीले पासो थाप्ने र सिकार खेल्ने स्थानको पहिचान गरी उक्त क्षेत्रमा विशेष किसिमका क्यामेरा जडान गरेपछि चोरी निकासी कम हुन थालेको हो ।

“क्यामेरा जडान गरेपछि रेडपाण्डा चोरी, तस्करी हुने क्रम ९० प्रतिशत नै कम भएको छ”, रेडपाण्डा नेटवर्क नेपालका इलाम प्रतिनिधि फिञ्जु शेर्पाले भन्नुभयो – “ट्रापिङ क्यामेराको मुख्य उद्देश्य नै चोरी तस्करी नियन्त्रण गर्ने हो ।” क्यामेरा, वन हेरालु नहुँदा उत्तरी क्षेत्रका सामुदायिक वनबाट रेडपाण्डाको तस्करी हुने गरेको थियो ।

सामुदायिक तथा राष्ट्रिय वनमा रेडपाण्डालाई पासो राखेको भेटिएपछि एक वर्षअघिबाट वनमा क्यामेरा जडान गरिएको छ । रेडपाण्डाको वासस्थानमा नै पासो राखेको भेटेपछि शङ्कास्पद स्थानमा क्यामेरा जडान गरिएको हो । इलामका मावुसहित जोगमाई, प्याङ, जमुना, माईमझुवा र माईपोखरी संरक्षणको काम भइरहेको छ । ती गाविसमा पनि क्यामेरा जडान गरिने शेर्पाले जानकारी दिनुभयो ।

रेडपाण्डा नेटवर्ककै सहयोगमा पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले क्यामेरा जडान गरिरहेको छ । मेचीका तीन जिल्लामा करिब २१५ को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया