Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

’जीवनको परिवेश’ विमोचित

1टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको ३५ औं साहित्यिक शृङखला आइतवार एक साहित्यिक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

नयाँ वर्षको शुभकामना आदानप्रदानसहित भएको सो कार्यक्रममा दर्जनौ साहित्यिक स्रष्टाहरुले आ-आफ्ना सिर्जना वाचन गरेका थिए । सिर्जना वाचन गर्नेहरुमा सरिता ढकाल, समर्पण गडेंल, शंकर प्रेरणा, प्रकाश पौडेल ’माइला’, बिष्णुप्रसाद घिमिरे, आलोक चालिसे, रविन शर्मा, अरुण पौडेल, दीप पाठक, जीवन अर्याल, श्रवण सत्याल, चण्डी सुबेदी, ज्ञानु खड्का, गिरिजा गैरे, भगवती उप्रेती, सुष्मा ओमाता, रामजंग कार्की, प्रेमिला गौचन, सुदन थापा, बेलुकाजी थापा, महेश श्रेष्ठ लगायतका हुनुहुन्थ्यो ।

प्रमुख अतिथि जापानका लागि कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीद्वारा दीप प्रज्वलन गरी उदघाटित सो साहित्यिक समारोहमा शंकर प्रेरणाको ’जीवनको परिवेश’ गीति एलबमको विमोचन पनि गरिएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यबाहक राजदूत राजभण्डारीले जापानको अनुशासित र मिहिनेती सँस्कार हामी नेपालीले पनि सिक्न जरुरी रहेको बिचार ब्यक्त गर्नुभयो । उहाँले नेपाली दूतावासलाई सक्दो सेवाग्राहीमैत्री बनाइने, नेपालीका समस्यामा हरसंभवका सहकार्य गरिने, कुनै पनि काम लिएर दूतावास आउने नेपालीलाई ढिलोमा १५ मिनेटभित्र काम सल्टाईने वा उचित परामर्श दिईने लगायतका वचनबद्धता ब्यक्त गर्नुभयो ।

अनेसास जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरेको सभापतित्वमा भएको सो समारोहमा एनआरएन आइसीसी सदस्यद्वय भूषण घिमिरे र ओम गुरुङ, एनआरएन जापानका अध्यक्ष सुदन थापा, अनेसासका एशिया क्षेत्रीय उपाध्यक्ष प्रकाश पौडेल ’माइला’को बिशेष उपस्थिति र शुभकामना मन्तब्य रहेको थियो ।

राष्ट्रिय गानबाट सुरु भएको सो समारोहमा प्रेमिला गौचनको स्वागत मन्तब्य रहेको थियो ।

समारोहमा साहित्यिक पुरस्कार स्थापनार्थ वार्षिक ५० हजार येनको घोषणा गर्नुभएका ब्यवसायी महेशकुमार श्रेष्ठलाई खादार्पण गरी सम्मान ग्रिएको थियो ।

हरेक तीन तीन महिनामा नियमित हुँदै आईरहेको अनेसासको साहित्यिक शृङ्खलाको ३५ औं संस्करण आइतवार टोकियोमा भएको हो । शिनओकुबोस्थित सोलमारीको सभाकक्षमा भएको शृङ्खलामा महासचिव दीप पाठकको सञ्चालन रहेको थियो । आगामी शृङ्खला राजधानीबाहिर नागोयामा गर्ने घोषणा सहित कार्यक्रमको बिट मारिएको थियो ।***

 

तपाईको प्रतिक्रिया