Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– स्पेनिस ला लिगा फुटवल शीर्ष स्थानमा रहेका एथ्लेटिको म्याड्रिड, बार्सिलोना र रियल म्याड्रिडले आ–आफ्नो खेलमा जित हात पारेका छन ।

गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एथ्लेटिको म्याड्रिडले ला पाल्मासलाई तीन शून्य गोलले हराउदै दुई अंकको अग्रता यथावत राख्न सफल भयो । पाहुना टोली एथ्लेटिकोका लागि फिलिप लुईसले १७ औं मिनेटमा गोल गरेका थिए । त्यसयता ग्रिजम्यानले ६८ आंै र ८९ औं मिनेटमा गोल गर्दै तीन श्ून्य गोलको जित सुनिश्चत गराए । जितसंगै एथ्लेटिको २० खेलबाट ४७ अंक सहित शीर्ष स्थानमा यथावत छ ।

गएरातिकै अर्को खेलमा दोस्रो स्थानको बार्सिलोनाले घरेलु मैदान नाउ क्याम्पमा एथ्टेकिको विल्वाओलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । खेलको चौथो मिनेटमै १० खेलाडीमा समेटिएको विल्वाओको पोष्टमा बार्सिलोनाले आधादर्जन गोल गर्न सफल भयो । विल्वाओका गोलकिपर गोर्खा इराईजोजले बार्साका स्ट्राइकर लुईस स्वारेजलाई डरलाग्दो फल गरेपछि रेफ्रीले उनलाई रातोकार्ड देखाएका थिए । बार्साको जितमा स्वारेजले ह्याट्रिक पुरा गर्दा स्टार स्ट्राइकर लियोनल मेसी, नेईमार र इभान राकिटिकले एक एक गोल गरे । बार्सिलोना १९ खेलबाट ४५ अंकसहित लिगको दोस्रो स्थानमा यथावत छ ।

अर्को खेलमा महारथी टोली तथा लिगको तेस्रो स्थानमा रहेको रियल म्याड्रिडले ला पाल्मासलाई पाँच एक गोलको फराकिलो अन्तरले हरायो । घरेलु मैदान सान्टियागो बर्नबाउमा रियलले पहिलो हाफमै पाँच शून्य गोलको अग्रता लिएको थियो । जसमा ग्यारेथ वेलले सातौं मिनेटमै गोलको खाता खोलेका थिए । त्यसयता स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र अर्का स्टार करिम बेञ्जिमाले दुई दुई गोल गर्न सफल भए । दोस्रो हाफमा ला पाल्मासले एक गोल फर्काएपनि पाँच एक गोलले निराश रह्यो ।जितसंगै रियल २० खेलबा ४३ अंकसहित लिगको तेस्रो स्थानमा कायमै छ ।

तपाईको प्रतिक्रिया