Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काडमाडौं– नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को आइतबार सम्पन्न निर्वाचनमा मधुसुदन आचार्य अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले नेतृत्व गर्नुभएको प्यानल ले नै जित हात पार्न सफल भयो ।

नाट्टामा आवद्ध ४ सय ३२ सदस्यहरुको मतदानका आधारमा मधुसुदन आचार्यले अध्यक्ष पदका लागि १९१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रत्यासी मिहिका धाख्वाले १६४ र अर्का प्रत्यासी शम्भुराज पाठकले मात्र ५८ मत पाउनुभएको थियो । प्रमथ उपाध्यक्षमा केदारनाथ दुवाडी र नारायण गुरुङ कोनेलाई पछि पार्दै आचार्य समुहकै सिएन पाण्डे १९० मतसहित विजयी हुनुभयो । द्धितिय उपाध्यक्षमा आचार्य समुहकै डिके शर्माले जित हात पार्नुभयो ।

नाट्टाको महासचिव पदमा भीमप्रसाद पन्त १७९ मतसहित बिजयी हुनुभयो । उहाँका प्रत्यासी धाख्वा समुहका ठाकुर प्रसाद ढुंगानाले १४४ मत पाउनुभयो । सचिव पदमा सुधीर उपाध्याय २१२ मतसहित विजयी हुनुभयो । कोषाध्यक्षमा चित्र गुरुङ २२१ र सहकोषाध्यक्षमा सविता केसी भट्टराई २१२ मतसहित विजयी भए । प्यानलनै कव्जा गरेको आचार्य समुहबाट सदस्यमा निर्वाचित हुनेहरुमा युवराज सुवेदी १९७, लक्ष्मण लम्साल २१४, रामकुमार बाराकोटी १७८, घनश्याम घिमिरे १८९, विनय बस्नेत २०८, हरिभक्त श्रेष्ठ १८८, बरुण मेहता १७९ र शितलकुमारी शर्मा पौडेल २३३ मत ल्याएर विजयी भएका हुन् ।

मत गणनाको सुरुवातदेखिनै अग्रता लिएको आचार्य समूहले अन्ततः पूरै समय अग्रता लिएर विजय हाँसिल गर्न सफल भयो । साँझ ७ बजेबाट सुरु भएको मत गणना रातिको १२ बजे सम्पन्न भएको थियो । मत गणना स्थलमा अन्तिम समयसम्म मतदाता तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको देखिन्थ्यो । मतगणना सार्वजनिक भएपछि याक एण्ड यतिमा विजयी टिमलाई फुल, माला र खादा लगाएर बधाई ज्ञापन गरेका थिए ।

नाट्टामा ४ सय ५४ मतदाता रहेकोमा ४ सय ३२ मत मात्र खसेको निर्वाचन अधिकृत देविप्रसाद भट्टराईले जानकारी दिनुभयो । विजय हाँसिल गरेपछि प्रतिकृया दिदै नव निर्वाचित अध्यक्ष मधुसुदन आचार्यले यो जित सबै नाट्टा सदस्यहरुको रहेको बताउनुभयो । उनले हार र जित एउटा परिणाम मात्र रहेको भन्दै आगामी दिनमा सबै एकजुट भएर ट्राभल व्यवसायीको हकहीतमा लागि पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया