Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले गत वैशाखमा भूकम्पले क्षति पुर्‍याएका जिल्लाका घरको क्षति विवरण लिन सुरु गरेको छ ।

विभागका सूचना अधिकृत प्रमोदराज रेग्मीका अनुसार विभागले भूकम्पले क्षति पुर्‍याएका केही जिल्लामा क्षतिको विवरण सङ्कलन गर्न इन्जिनियर खटाइसकेको छ । अर्को हप्तादेखि भूकम्पले बढी क्षति पुर्‍याएको दोलखा जिल्लामा क्षतिको विवरण लिन सुरु गरिने उहाँले बताउनुभयो । यसैगरी भूकम्प प्रभावित १४ जिल्लामा समेत घरको क्षतिसम्बन्धी विवरण लिइनेछ । सम्बन्धित जिल्लाका प्राकृतिक विपद् उद्धार समितिले भूकम्पपीडितलाई परिचयपत्र वितरण गरे पनि दातृ निकाय र सरकारले उनीहरुको घर क्षति भएका सम्बन्धमा पुनःजानकारी लिन चाहेकाले प्राविधिक खटाएर क्षति विवरण लिन लागिएको हो– अधिकृत रेग्मीले भन्नुभयो ।

“यो पूर्णरुपमा नयाँ विवरण हुनेछ”– उहाँले भन्नुभयो– “पूर्ण क्षति पुगेका, आंशिक क्षति पुगेका र सामान्य क्षति भएका घरको पूर्ण विवरण लिइनेछ ।” उक्त विवरण काठमाडौँ, ललितपुर, भक्तपुरसहित दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, गोरखा, धादिङ र मकवानपुरमा लिइनेछ ।

तपाईको प्रतिक्रिया