Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– एक अंकको अग्रता बनाउदै लेईस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । गएराति सम्पन्न खेलमा लिगको पुछारमा रहेको एष्टोन भिल्लासंग बराबरी खेलेपनि लेईस्टारले आर्सलनलाई पछि पार्दै एक शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको हो ।

घरेलु मैदानमा एष्टोन भिल्लाले उत्कृष्ट खेल पस्कदा लिग लिडरले खेलमा जित हात पार्न सकेन । खेलको २८ औं मिनेटमै ओकाजाकीले लेईस्टरलाई अग्रता दिलाएपनि ७५ औं मिनेटमा गेस्टेडेले एष्टोन भिल्लाका लागि बराबरी गोल फर्काएका थिए । जितपछि लेईस्टरको २२ खेलबाट ४४ अंक भएको छ भने दोस्रो स्थानको आर्सलनको ४३ अंक छ । आर्सलनले एक खेल कम खेलेको छ ।

गएराति भएका अन्य खेलमा म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई चार शून्य गोलले हरायो । सर्जियो आगुईरोले दुई गोल गर्दा डेल्फ र डेभिड सिल्भाले एक एक गोल गरे । इथिहाड रंगशालामा सिटीले उत्कृष्ट प्रदर्शन गरेको थियो । जितसंगै तेस्रो स्थानको सिटीले २२ खेलबाट ४३ अंक जोड्दै दोस्रो स्थानको आर्सनलसंग बराबरी र शीर्ष स्थानको लेईस्टरसंग १ अंकको दुरी कायम गरेको छ ।

अर्को खेलमा चेल्सी र एभर्टनले तीन तीन गोलको बराबरी खेल्दै अंक बाँडे । पहिलो हाफ बराबरीमा सकिएको नाटकीय खेलको ५० औं मिनेटमा घरेलु टोली चेल्सीका कप्तान जोन टेरीको आत्मघाती गोलमार्फत अग्रता बनाएको एभर्टनले ५६ औं मिनेटमा मिरालासको गोलमार्फत अग्रता दोब्बर बनायो । तर ६४ औं मिनेटमा डिएगो कोष्टा र ६६ औं मिनेटमा फेव्रिगासले गोल गर्दै घरेलु टोली चेल्सीलाई दुई दुई गोलको बराबरीमा ल्याए ।

तर खेलको ९० औं मिनेटमा रामिरो फोनेस मोरीले एभर्टनका लागि गोल गर्दै जित नजिक तुल्याएका थिए । तर नियमितपछि थपिएको ८ मिनेटको इन्ज्यूरी समयको अन्त्यतिर खेलले नाटकीय रुप लिदा जोन टेरीले नै चेल्सीलाई हारबाट जोगाउदै बराबरी गोल गरे । लिगमा सातौं बराबरी खेलेको सावि बिजेता चेल्सी २२ खेलबाट २५ अंकसहित १४ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया