Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधिबारे तीन दल र मधेसी मोर्चाबीच शनिबार अवेरसम्म बसेको वार्तामा ठोष निश्कर्ष निस्कन सकेन । यद्यपी मोर्चाको ११ बुँदे मागको विषयमा एक एक गरि भएको छलफल अन्तिम चरणमा पुगेकाले चाँडै सहमति हुने बिश्वास नेताहरुले गरेका छन् ।

कार्यदल बैठक सुरु भएपछि तीन दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावलले बालुवाटार बैठकमा कांग्रेस, एमाले र एमाओवादीबीच भएको छलफलबारे सुनाउनुभएको थियो । राजनीतिक संयन्त्रलाई संवैधानिक वैधता दिदै तीन महिनाको कार्यादेश दिने, मधेस आन्दोलनलगायत हालसम्म सीमांकनबारे आएका अध्ययन प्रतिवेदनलाई समेत सन्दर्भ सामग्रीका रुपमा समेटै त्यसले अध्ययन गर्ने र संयन्त्रले दिने निष्कर्षलाई संसदबाट पारित गर्दै संविधान संशोधन गर्ने तीन दलीय प्रतिबद्धता मोर्चासमक्ष पेश गर्नुभयो ।

मोर्चाका प्रतिनिधिले भने तीन दलका तर्फबाट ठोस र नया प्रस्ताव केही नआएको भन्दै असन्तुष्टि जनाएका छन् । अहिलेसम्म सहमतिको विकल्पका नाममा आफूहरुलाई झुलाउने मात्रै काम भएको मोर्चाका नेताहरुको आरोप छ ।

कार्यदल सदस्य रहेका कांग्रेस नेता महेश आचार्यले प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधिबारे छलफल भए पनि औपचारिक निर्णय नभएको बताउनुभयो । ‘हामी सहमतिको निकै नजिक आइसकेका छौं,’ आचार्यले भन्नुभयो, ‘सम्भवतः आइतबार ठोस समझदारीको आधार तयार हुन सक्छ ।’ कार्यदल बैठक आइतबार दिउँसो पुनः बस्नेछ ।

यसअघि सद्भावनाले कार्यदलमा कुनै प्रतिनिधि नपठाए पनि शनिबारको बैठकमा सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी हुनुभएको हो । पुस ११ गते विराटनगर–जोगवनी नाकामा धर्ना दिन गएका सद्भावना अध्यक्ष राजेन्द्र महतो प्रहरीबाट कुटिएपछि सद्भावनाले वार्ता बहिष्कार गर्दै आएको थियो । आज सद्भावना अध्यक्ष राजेन्द्र महतोपनि दिल्लीमा उपचारपछि काठमाडौं फर्कदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया