Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

विराटनगर– उपप्रधानमन्त्री एवम् नेकपा ९एमाले०का उपाध्यक्ष भीम रावलले मुलुकको संविधान प्रगतिशील र अग्रगामी रहनुका साथै दक्षिण एसियाका कुनै मुलुकको संविधानभन्दा कम अधिकार सम्पन्न नरहेको बताउनुभएको छ ।

नेकपा ९एमाले० मोरङद्वारा शनिबार विराटनगरमा आयोजित ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि, अबको अभिभारा राष्ट्रिय एकता, सुदृढीकरण र समृद्धि’ कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

मुलुकका सबै वर्ग, समुदाय, धर्म, संस्कृतिका सभासद्को सहभागितामा बनाइएको यो संविधानमा सबैको भावना समेटिएको स्पष्ट पार्दै उहाँले दलित, मधेसी, आदिवासी, जानजाति, उत्पीडित, महिला र पिछडिएको क्षेत्रका लागि आयोगको व्यवस्था गरिएको बताउनुभयो ।

संविधान संशोधनको प्रस्तावलाई अझ बढी लम्ब्याउन नहुने भएकाले यस विषयमा नेपाली काँग्रेससँग वार्ता भइसकेको र मधेसी मोर्चालाई समेत प्रस्ताव पारित गराउन भूमिका निर्वाहका लागि आग्रह गरिएको उहाँले बताउनुभयो ।

पार्टीका उपाध्यक्षसमेत रहनुभएका उपप्रधान र रक्षामन्त्री रावलले विभिन्न समुदायको प्रतिनिधित्व गरिएको संविधानसभाका करिब ९० प्रतिशत सभासद्को समर्थनमा जारी भएका संविधानको विषयमा भ्रम फैलाइएकाले यसलाई चिर्न पार्टीका कार्यकर्ताहरुलाई घरदैलो अभियानलाई सफलताका साथ सम्पन्न गर्न जोड दिनुभयो ।

मधेसी मोर्चासँग वार्ताका लागि गठित कार्यदलका सदस्यसमेत रहनुभएका उहाँले सरकार निरन्तर रुपले मधेसको समस्या समाधान गर्नका लागिपरेको भए पनि बरु मधेसी मोर्चा नै गम्भीर नदेखिएको विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया