Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ– नेपाली काँग्रेसका युवा नेताहरुले स्थलगत अध्ययन तथा छलफल गरी तराई मधेसको वर्तमान राजनीतिक समस्या हल गर्न पार्टी नेतृत्वलाई ६ बुँदे लिखित सुझाव दिएका छन् ।

काँग्रेसका युवा नेता सम्मिलित टोलीले ‘काँगे्रसको दुई हात, एक पहाडको साथ अर्को मधेसको हात’ मूल मर्मका साथ आन्दोलन भइरहेका मधेसका जिल्लाको स्थलगत भ्रमण तथा छलफल गरी तराई मधेसको वर्तमान राजनीतिक समस्या हल गर्न पार्टी नेतृत्वलाई शनिबार त्यस सम्बन्धी सुझावसहितको प्रतिवेदन बुझाएका छन् ।

युवा नेताहरुले “न केपी ओलीको राजपाठको नजरले न राजेन्द्र महतोको नजरले मधेसलाई पढाै, बुझौँ, मधेसमा काँग्रेस जोगाएर /जिताएर बसेका साथीको नजरले” भन्ने मूल ध्येयका साथ मधेस मिसन सुरु गरी त्यस क्रममा देखिएका मधेस समस्याको यथार्थ जानकारी र समाधानका लागि सुझाव दिएका हुन् ।

प्रतिवेदन बुझ्दै काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले लामो छलफल र बहसपछि संविधानसभाबाट लोकतान्त्रिक समावेशी संविधान जारी भएको चर्चा गर्दै तराई मधेसका जायज माग वार्ता र सम्वादबाट तत्काल समाधान गरिने बताउनुभयो ।

तराई मधेसको वर्तमान आन्दोलनप्रति सम्पूर्ण मुलुक नै चिन्तित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको आन्दोलनको सुरुवात तराईबाटै भएको हो, तराई मधेसलाई काँग्रेसले कहिल्यै उपेक्षा गर्न सक्दैन ।’
मुलुकका हरेक ठूला राजनीतिक आन्दोलनको नेतृत्व सधैँ  नै गर्दै आएको र त्यसमा पार्टी सफल हुँदै आएको स्मरण गर्दै सभापति कोइरालाले पार्टी र मुलुकलाई डोर्‍याउने दायित्व अब युवाको हातमा आइपुगेको उल्लेख गर्नु भयो ।

सो प्रतिवेदनमा मधेसको समस्या समाधानका लागि मधेसका हितका सम्बन्धमा संविधानमा भएका प्रावधानलाई नागरिक पङ्क्तिमा पुर्‍याउन पर्ने, संसदमा रहेको संविधान संशोधनको प्रस्तावलाई मधेसी मोर्चाको विश्वासमा अघि बढाउनुपर्ने तथा सीमाङ्कन हेरफेर गर्ने सन्दर्भमा ‘सम्पूर्ण सङ्घीयता’को मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिइएको छ ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, पिछडिएका वर्ग र क्षेत्रलाई हकअधिकार दिएर राजनीतिकको मूल प्रवाहमा ल्याउनुपर्छ भन्ने अभियान थालेको जानकारी गराउँदै काँगे्रसको नेतृत्वमा अघि बढेको संविधान संशोधनको प्रस्तावले मधेसका अधिकांश माग सम्बोधन हुने जिकिर गर्नुभयो ।

काँग्रेस तराईमा जन्मेको पार्टी भएकाले मधेसका भावनाको पूर्ण कदर गर्ने उल्लेख गर्दै वरिष्ठ नेता देउवाले भन्नुभयो, ‘मधेसका माग सम्बोधन गर्ने बारेमा काँग्रेस मधेस केन्द्रित दलहरुसँग छलफल गर्न सदैव तयार छ ।’
प्रतिवेदनमा मधेसका सन्दर्भमा पार्टीका कतिपय नेताबाट व्यक्त हुने गरेको अप्रिय अभिव्यक्ति तत्कालै बन्द गराएर साझा धारणा मात्रै सार्वजनिक गर्नुपर्ने, गतिरोधमा पुगेको पार्टी र मधेसको सम्बन्धलाई जीवन्त तुल्याउन तराई मधेस विशेष अभियान सुरु गर्नुपर्ने तथा समानुपातिक सहभागिताको भावना बमोजिम पार्टीभित्रको प्रतिनिधित्व प्रणालीलाई आगामी महाधिवेशनबाट अत्याधुनिक बनाउनुपर्ने सुझाव दिइएको छ ।

प्रतिवेदन बुझ्ने क्रममा काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराई मधेस काँग्रेसको उद्गमस्थल मात्र नभई आधारभूमि पनि हो भन्दै मधेसका मागका बारेमा काँग्रेस कहिल्यै पनि विमुख हुननसक्ने बताउनुभयो ।
मधेसका समस्यालाई काँग्रेसले आफ्ना समस्या ठान्दै आएको बताउँदै उपसभापति पौडेलले भन्नुभयो, ‘मधेस र मधेसी जनताको हितका बारेमा हामीले संविधान बनाउँदादेखि नै सोचेर त्यस बारेमा बहस गरेका थियौं ।’

तपाईको प्रतिक्रिया